पोखरा, १ मङ्सिर २०८२।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कास्की कारागार कार्यालय, पोखराबाट भागेका थप एक कैदी स्याङ्जामा परेका छन्।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१८ घर भई स्याङ्जा, फेदिखोला गाउँपालिका–१ बस्ने ३१ वर्षीय सुनिल थापा रहेका छन्।
उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी फेदिखोला, स्याङ्जाबट खटिएको विशेष अप्रेसन टोलीले आइताबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
उनीमाथि आवश्यक कानुनी प्रहरीले जनाएको छ।