आज बडादशैं : टीकाकाे शुभ साइत, कुन देशमा कति बजे ?

आज बडादशैं : टीकाकाे शुभ साइत, कुन देशमा कति बजे ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १६ असोज २०८२
  • 4.2K
    Shares

पोखरा , १६ असोज २०८२

यो वर्ष बडाददशैंको टीका विभिन्न देशमा लगाइने शुभ साइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विदेशमा बस्ने नेपालीका निम्ति पनि साइत सार्वजनिक गरेको हो ।

देशभित्रका निम्ति नेपाल पञ्चांग निर्णायक विकास समितिले यसअघि नै साइत सार्वजनिक गरिसकेको छ । समितिद्वारा जारी विज्ञप्तिमा नेपालका लागि असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा दसैँ टीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।

विदेशमा भने भारतको नयाँ दिल्लीमा अक्टोबर २ को बिहान ११ बजेर ४९ मिनेटको साइत उत्तम रहेको अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ । समितिका अनुसार, अमेरिकाको न्युयोर्कमा अक्टोबर १ को ११:२५, जापानको टोकियोमा अक्टोबर २ को ११:३१, शुभ साइत छ ।

दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइन्छ।

यसवर्ष दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्छ ।
साइतको समय हेर्नुहोस्:

प्रतिक्रिया