पोखरा १३ असोज २०८२ ।
पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाका साला एबम निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको निवासमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छापा मारेर केही महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको छ।
भूषण राणाको निवासमा आइतबार साँझ गरिएको छापामा केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिइएको सिआईबी स्रोतले जनाएको छ। भूषण राणा भने यतिबेला युरोप भ्रमणमा रहेका बताइएको छ।
स्रोतका अनुसार, घरभित्र स्रोत नखुलेको रकम तथा आर्थिक लेनदेनसँग सम्बन्धित कागजात हुनसक्ने आधारमा छापा मारिएको हो।
भूषणमाथि ठुला ठेक्का र नियुक्तिमा डिल गर्ने गरेको भन्ने आलोचना पहिले नै हुँदै आएको थियो। साथै, आरजु राणाको आर्थिक चलखेलमा उनी सहयोगी रहेको आरोपसमेत उठ्ने गरेको छ।
सिआईबीले हाल सङ्कलित कागजातहरूको अध्ययन गरिरहेको छ। एक उच्च अधिकारीका अनुसार, ‘प्रमाण पुष्टि भएमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।’