पोखरा, २१ भदौ २०८२ ।
काठमाण्डौको दशरथ रंगशालामा शनिबार साँझ नेपाल र बंगलादेशबीच भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।
दुवै टिमले देखाएको कमजोर फिनिसिङ र गोल गर्ने सुन्दर अवसर पाए पनि निर्धारित समयमा कुनै गोल गर्न नसकेपछि आजको खेल गोलरहित बराबरीमा टुंगिएको हो।
अब दुई टोलीबीच मंगलबार दोस्रो मैत्रीपूर्ण खेल हुनेछ । उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउट हुनेछ ।
एन्फाले दुई खेलपछि समग्र नतिजाका आधारमा विजेता घोषणा गरी ट्रफी प्रदान गर्ने बताएको थियो ।