रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित

रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १४ भाद्र २०८२
  • 4.4K
    Shares

पोखरा,१४ भदौ २०८२।

कप्तान रोहित पौडेलको अविजित शतक मद्दतमा नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए)सँगको अभ्यास वान डे खेल जितेको छ ।

शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको दुई सय ३ रनको लक्ष्य नेपालले पाँच बल बाँकी छँदा आठ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित १०१ रन बनाए । एकसय ६१ रनमा ८ विकेट गुमेको अवस्थाबाट रोहित र सोमपाल कामीले अर्धशतकीय साझेदारी गरे । सोमपाल ४० रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा दुई सय ४२ रनमा अलआउट हुँदै नेपाललाई दुई सय ४३ रनको लक्ष्य दिएको हो ।

साउथ अस्ट्रेलियाका लागि ह्‍यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए भने दुवित हूगानबोजमले ५३ रन बनाए । रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रन बनाए ।

नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३-३ विकेट लिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १-१ विकेट लिए ।

टप एन्ड टी-२० सिरिज समाप्त भएपछि भएको अभ्यास टी-२० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराउँदा एसएसँग भने पराजित भएको थियो ।

टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो ।

प्रतिक्रिया