प्रहरीमा राजीनामा दिनेको लहर, एसएसपी, चार डीएसपी र २० इन्स्पेक्टरको राजीनामा

प्रहरीमा राजीनामा दिनेको लहर, एसएसपी, चार डीएसपी र २० इन्स्पेक्टरको राजीनामा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ जेष्ठ २०७३
  • 16.9K
    Shares

नेपाल प्रहरीमा सेवा अबधि रहँदै राजीनामा दिने लहर चलेको छ। सिनियर अधिकृतले समेत राजीनामा दिन थालेका छन्। पछिल्लोपटक एसएसपी सुवोध घिमिरेले राजीनामा दिएका छन्। दुई वर्ष जागिर अबधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन्। ०४६ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा भर्ना भएका उनी आगामी बर्ष डीआइजीमा बढुवा हुने सम्भावना थियो। तर उनले बीचमै राजीनामा दिए। यद्यपि उनले असन्तुष्टिको कारण राजीनामा नदिएको बताएका छन्।

यस्तै गत महिना ०६४ को ब्याचका पहिलो नम्बरमा रहेका इन्स्पेक्टर दीपक भण्डारीले राजीनामा दिएका थिए भने डीएसपी आनन्दजंग थापाले पनि दुई महिनाअघि जागिर छोडे। राजीनामा दिने डीएसपी थापासँगै खेम केसी, विदुर गौतम र धनबहादुर कठायत छन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक दिन पाँचजना प्रहरीले राजीनामा दिने गरेका छन् ११ महिनाको अवधिमा १४ सय ११ जनाले राजीनामा दिएका छन्। जसमध्ये चार डीएसपी र २० इन्स्पेक्टर छन्।

त्यस्तै १११ प्रहरी नायब निरीक्षक तथा ३४६ जना प्रहरी सहायक निरीक्षकले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। राजीनामा दिनेमध्ये सबैभन्दा धेरै प्रहरी हवल्दार छन्। करिब ११ महिनामा ५२९ हवल्दार, तीन सय ९९ जवान र ४४ कार्यालय सहयोगीले पनि बिचमै जागिर छाडेका छन्। नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ।

प्रतिक्रिया