पोखरा ७ असार २०८२।
रसुवामा दिदिबहिनीको वलात्कारपछि हत्या भएको छ। जिल्लाको नौकुण्ड गाउपालिका वडा नम्बर ५ सिस्नेरी निवासी १३ वर्षीया सर्गम मोक्तान र उनको १० वर्षीया बहिनि सविना मोक्तानको वलात्कारपछि हत्या भएको हो ।
उनीहरुको शब नौकुण्ड गाउँपालिका वडा नं ५ र कालिका गाउँपालिका वडा नं ५ को सिमाना क्षेत्रमा पर्ने पाहाखोलामा नग्न अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। दुबै बालिकाको शव परीक्षणका लागि त्रिशूली अस्पताल, नुवाकोट पठाइएको छ।
मृतक दिदिबहिनिको बुवा र आमा भने वैदेशिक रोजगारीको सिलसिलामा केही बर्षदेखि बिदेशमै रहेको प्राप्त समाचारमा जनाइएको छ।