चितवनमा चोरी गरेको आरोपमा सिस्नुपानी लगाएर सामूहिक रुपमै बर्बर यातना (भिडियोसहित)

चितवनमा चोरी गरेको आरोपमा सिस्नुपानी लगाएर सामूहिक रुपमै बर्बर यातना (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ असार २०८२
  • 11.4K
    Shares

पोखरा,५ असार २०८२।

चितवनमा चोरीको आरोप लगाएर एकै परिवारका सात जनालाई सामुहिक रुपमा सिस्नुपानी लगाएर बर्बर तरीकाले यातना दिएका छन्।

चितवनको इच्छाकामना ४ लेवाटारका एकैपरिवारका सात जनालाई सामुहिक रुपमा सिस्नुपानी लगाएर बर्बर तरीकाले यातना दिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

कवाडि उठाउने र प्लास्टिकको बाटा बेच्ने कार्य गर्ने उक्त परिवारका सदस्यहरुलाई स्थानियले सिस्नुपानी लगाएर सामुहिक यातना दिएका भिडियोमा प्रष्ट देखिएको छ । यातना पाउनेमा एकजना किशोरि सहित ४ महिला र एजजना किशोर सहित ३ पुरुष छन भने दुइ जना पुरुष भागेको बताइएको छ । सांकेतिक चित्र 

(यस समाचारमा समाबेश भिडियो सामाग्री पत्रकार आचारसंहिता विपरीत रहेकोतर्फ प्रेस काउन्सिल नेपालले टेलिफोनमार्फत ध्यानाकर्षण गराएकाले भुल स्वीकार गर्दै समाचारबाट हटाइएको सम्बन्धित पक्षलाई अवगत गराउन चाहन्छौं। साथै उक्त भिडियो सामाग्रीबाट आघात पुग्न गएकोमा पिडित पक्षसंग क्षमा याचना गर्न चाहन्छौं :सम्पादक)

 

प्रतिक्रिया