पोखरा, १० जेठ २०८२।
गएको मध्यराती तनहुँ जिल्लाको सदरमुकाम दमौलीस्थित पुलबाट बोलेरो जिप मादी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
राति ११ः३० बजे दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग ग २ च ५७६० नम्बरको बोलेरो जीप पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट खस्दा तीन जनाको मृत्यु भएको हो ।
बोलेरो जिप दुर्घटनाको खबर पाउना साथ् नेपाली सेनाको कालीभञ्जन गण (इ)र जिल्ला प्रहरी कार्यालय तनहुँको टोली तत्काल घटनास्थल पुगेर घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाएको थियो। दुर्घटनास्थलबाट उद्धार गरिएका पांच जना घाइते मध्ये तीन जनालाई अस्पतालले मृत घोषणा गरेको र अन्य दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।