चर्चित महिला फुटबलर सावित्रा राजभण्डारीको सम्मानमा लमजुङमा ‘साम्बा चोक’ नामकरण

चर्चित महिला फुटबलर सावित्रा राजभण्डारीको सम्मानमा लमजुङमा ‘साम्बा चोक’ नामकरण


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ जेष्ठ २०८२
  • 8.8K
    Shares

पोखरा, ५ जेठ २०८२।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, खुदी बजार वारीको चोकलाई ‘साम्बा चोक’ नामकरण गरिएको छ ।

नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी (सशस्त्र प्रहरी सहायक हवल्दार) सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ ‘साम्बा चोक’ नामकरण गरिएको हो ।

सो स्थानमा सावित्राको तस्वीर अंकित ‘साम्बा स्तम्भ’ पनि निर्माण गरिएको छ । साम्बा स्तम्भको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ्गले सोमबार बिहान उद्घाटन गरे ।

सो अवसरमा सावित्राका आमा–बुबालाई पनि सम्मान गरिएको वडा अध्यक्ष हरिसचन्द्र थापाले बताए ।

सावित्रा भण्डारी(साम्बा) स्वदेशमा मात्र नभई विदेशमा समेत चिर्चित फुटबलर हुन् । हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लव एना भान गेङगाङ्पमा आवद्ध छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार