युक्रेन र रुस एक-एक हजार युद्धबन्दी रिहा गर्न सहमत

युक्रेन र रुस एक-एक हजार युद्धबन्दी रिहा गर्न सहमत


  • एजेन्सीहरु
  • शनिबार, ३ जेष्ठ २०८२
  • 2.4K
    Shares

पोखरा, ३ जेठ २०८२।

युक्रेन र रुस एक-एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएका छन्। टर्कीमा शुक्रबार भएको शान्ति वार्तामा युद्धरत युक्रेन र रुसले एक-एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएका हुन् ।

वार्तापछि युक्रेनका रक्षामन्त्री रुस्तम उमरोभले युद्धबन्दीहरूको रिहाइको मिति तय भएको बताएका छन्। यद्यपि, यो कहिले हुनेछ भनेर मितिचाहिँ सार्वजनिक गरिएको छैन।

यता युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच भएको वार्तापछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि दबाब कायम राख्नुपर्ने बताएका छन्।

जेलेन्स्कीले भनेका छन्, ‘रुस युद्ध अन्त्य गर्न तयार नभएसम्म रूसमाथि दबाब कायम राख्नुपर्छ। युक्रेन सकेसम्म चाँडो वास्तविक शान्तिका लागि कदम चाल्न तयार छ। विश्वले बलियो अडान कायम राख्नु महत्त्वपूर्ण छ।’

प्रतिक्रिया