सोनु निगमले के लेखे, जसले भड्कियो बलिउड

सोनु निगमले के लेखे, जसले भड्कियो बलिउड


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ बैशाख २०७४
  • 21.5K
    Shares

बलिउडका चर्चित पाश्र्व गायक सोनु निगमले आफ्नो कपाल ‘मुन्डन’ गरेका छन् । आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरेपछि उनले कपाल ‘मुन्डन’ गरेका हुन् । पश्चिम बंगालका एक मौलवीको बयानपछि उनले कपाल ‘मुन्डन’ गरेका हुन् । सोनुको एक ट्विटले अहिले सामाजिक संजालमा हंगामा मच्चाइरहेको छ ।

उनी  यतिवेला चौतर्फी आक्रमणमा परेका छन् । उनीप्रति ठूलो आक्रोस पोखिएको छ । संभावित खतरालाई मध्यनजर गर्दै उनको घरमा सुरक्षा बढाइएको छ । कतिसम्म भनिएको छ भने, यदि कसैले सोनु निगमलाई केस मुन्डन गरेर, जुत्ताको माला लगाइदिएर पुरै देश घुमाइदियो भने उसलाई १० लाख रुपैयाको इनाम मिल्नेछ ।

किन यस्तो भयो ?

सोनु निगमप्रति यति धेरै आक्रोस पोखिनुको कारण हो, केवल एउटा ट्वीट । सोनुले सोमबार ट्वीट गर्दै मुश्लिम धर्मप्रति नकारात्मक धारणा राखेको आरोप लगाइएको छ । सोसल मीडियामा उनी चौतर्फी आक्रमणको सिकार बनेका छन् ।

के लेखेका थिए ?

सोनुले मस्जिदमा बज्ने चर्को ध्वानीप्रति रोष प्रकट गर्दै ट्वीट गरेका थिए । उनको आशय थियो, जब मुहम्मद साहब जिउँदो थिए, तब उनको समयमा बिजुली आएको थिएन । तर, अहिले त्यहाँ बज्ने चर्को इलेक्टि्रक ध्वनीले मेरो विहानी खराब बनाइदिन्छ, निन्द्रा बिथोल्छ । यो एक किसिमको गुण्डागर्दी हो । आफु मुश्लिम नभएपनि मस्जिदमा बज्ने चर्को ध्वनीको कारण आफ्नो निन्द्रा विथोलिएकोमा उनको आक्रोस थियो ।

पछि उनले हिन्दु र शिख धर्मको पनि आलोचना गरेका छन्, मलाई मन्दिर वा गुरुद्वारामा पनि विश्वास छैन, जो उनको धर्म नमान्नेलाई तेज आवाजले उठाइदिन्छन् ।

प्रतिक्रिया