भारतीय राज्य कर्नाटकका पूर्वप्रहरी महानिर्देशक ओम प्रकाशको श्रीमती पल्लवीद्वारा हत्या

भारतीय राज्य कर्नाटकका पूर्वप्रहरी महानिर्देशक ओम प्रकाशको श्रीमती पल्लवीद्वारा हत्या


  • एजेन्सीहरु
  • मंगलबार, ९ बैशाख २०८२
  • 10.6K
    Shares

पोखरा, ९ बैशाख २०८२।

भारतीय राज्य कर्नाटकका पूर्वप्रहरी महानिर्देशक (डीजीपी) ओम प्रकाश उनकै श्रीमती पल्लवीले हत्या गरेको खुलेको छ।

छोरा कार्तिकेषको उजुरीका आधारमा पक्राउ परेकी पल्लवीले आफ्ना श्रीमान पूर्व प्रहरी महानिरिक्षक ओम प्रकाशलाई खाना खाँदै गरेको अवस्थामा चक्कुले हानेर हत्या गरेको खुलेको हो।

कार्तिकेष भन्छन्, ‘आमा पल्लवी र बहिनी कृति डिप्रेसनबाट पीडित थिए र हरेक दिन बुबासँग झगडा गर्थे।’ उनले आफ्नो उजुरीमा भनेका छन्, ‘मेरो बुबाको हत्यामा उनीहरू दुवै संलग्न छन् भन्ने मलाई बलियो शंका छ।’

पूर्व प्रहरी महानिरिक्षक ओम प्रकाशले खाना खाँदै गर्दा दुईबीच झगडा भएको र पल्लवीले पहिले ओमप्रकाशका आँखामा खुर्सानीको धुलो छर्किदिएपछि छटपटाएका ओमप्रकाशका घाँटी, पेट र छातीमा पल्लवीले १०-१२ पटक चक्कु प्रहार गरेकी बताइएको छ। श्रीमतीले हानेको चक्कुको चोटका कारण पूर्ब प्रहरी डिजिपी ओम प्रकाशको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

छोरा कार्तिकेषको उजुरीका आधारमा प्रहरीले एफआईआर दर्ता गरेको छ। प्रहरीले उक्त एफआइआरका आधारमा पूर्ब प्रहरी डिजिपी ओम प्रकाशको पत्नी पल्लवीलाई गिरफ्तार गरेको छ भने छोरी कृतिलाई पनि सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

बिहारका मूल निवासी प्रकाश १९८१ ब्याचका आईपीएस थिए। प्रकाशले आफ्नो करिअर हर्पनहल्ली (तत्कालीन बेल्लारी जिल्ला) मा अतिरिक्त प्रहरी अधीक्षक (एएसपी) का रूपमा सुरु गरेका थिए। उनी मार्च २०१५ मा कर्नाटकको डीजीपी नियुक्त भए र २०१७ मा अवकाश लिए।

६८ वर्षीय ओम प्रकाश २०१५ देखि २०१७ सम्म कर्नाटकका प्रहरी महानिर्देशक थिए। उनको हत्याले प्रहरीलाई चकित पारेको छ।

कर्नाटक राज्यको इतिहासमा सेवानिवृत्त डीजीपी स्तरका अधिकारीको हत्या भएको यो पहिलोपटक हो।

प्रतिक्रिया