पोखरा,७ बैशाख २०८२।
बंगलादेशमा एक हिन्दु नेताको अपहरण गरी कुटेर हत्या गरिएको छ।
हिन्दु नेता भावेशचन्द्र रोयलाई बिहीबार दिउँसो उनको घरबाट अपहरण गरी कुटेर हत्या गरिएको हो।भावेश रोय बंगलादेश पूजा उद्यापन परिषद्को बिरल एकाइका उपाध्यक्ष थिए।
छोरा
सपन रोयले आफ्नो बुबालाई मोटरसाइकलमा आएका चार युवाले लागेकोमा बेहोशी अवस्थामा फेरी घर ल्याइएको बताए। बेहोश अवसथामा आफ्नो बुबालाई अस्पताल पुर्याइएकोमा डाक्टरहरुले मृत घोषणा गरेको उनले जानकारी दिए।
भारतीय विदेश मन्त्रालयले यसको निन्दा गर्दै भन्यो, ‘बंगलादेशमा हिन्दु अल्पसंख्यकहरूलाई योजनाबद्ध रूपमा हिंसा गरिँदै छ। अपराधीहरू निर्धक्क घुमिरहेका छन्।’
भारतीय सञ्चारमाध्यमका अनुसार यस वर्ष बंगलादेशमा अल्पसंख्यकहरूविरुद्ध ७२ आक्रमण भएका छन्। अगस्ट ५, २०२४ मा शेख हसिना सरकारको पतनपछि अल्पसंख्यकहरूविरुद्ध आक्रमण बढेको छ।
भारतीय विदेशमन्त्री एस. जयशंकरले गत महिना संसदमा बताएअनुसार २०२४ मा बंगलादेशमा राजनीतिक उथलपुथल सुरु भएदेखि अल्पसंख्यकहरूमाथि उत्पीडनका २ हजार ४ सय घटनाहरू भएका छन्। यस मात्र वर्ष हालसम्म ७२ वटा यस्ता घटना भइसकेको उनले बताएका छन्।