अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन : १२ सय स्थानमा निकालिए र्‍याली

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन : १२ सय स्थानमा निकालिए र्‍याली


  • एजेन्सीहरु
  • आइतबार, २४ चैत्र २०८१
  • 7.2K
    Shares

पोखरा, २४ चैत २०८१।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन भएको छ । ट्रम्पले चालेको आर्थिक, सामाजिक, आप्रवासन र विदेश नीतिको विरोधमा ५० वटै राज्यका १२ सय स्थानमा र्‍याली निकालिएको हो ।

‘ह्यान्ड्स अफ’ नाम दिइएको प्रदर्शनमा बोस्टन, शिकागो, लस एन्जलस, न्यूयोर्क र वाशिंगटन डीसीलगायतका सहरहरूमा हजारौं मानिसहरू सडकमा निस्किएका छन् ।

ट्रम्प राष्ट्रपति बनेसँगै आप्रवासीमाथि गरिएको व्यवहार र अधिकांश मुलुकहरूलाई आयात कर लगाएको विषयमा पनि चर्को विरोध भएको छ । आयात कर लगाइएको विरोधमा अमेरिकाबाहिर समेत प्रदर्शन भएका छन् ।

प्रदर्शनकारीहरूले “ह्यान्ड्स अफ क्यानडा”, “ह्यान्ड्स अफ ग्रीनल्यान्ड” र “ह्यान्ड्स अफ युक्रेन” जस्ता नारा लगाएका थिए । ट्रम्पले क्यानडा र ग्रीनल्यान्डलाई बारम्बार अमेरिकामा गाभ्ने अभिव्यक्ति दिँदै आउनुभएको छ ।

उता, अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने राष्ट्रपति ट्रम्पको कदमहरुको बचाउ गर्दै डेमोक्र्याट पक्षलाई खतराको रूपमा प्रस्तुत गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया