आगोमा जल्नुअघि च्यानल गेटमा बाहिरबाट चापी लगाएको अवस्थामा एभिन्युजका पत्रकार सुरेश रजक (भिडियोसहित)

आगोमा जल्नुअघि च्यानल गेटमा बाहिरबाट चापी लगाएको अवस्थामा एभिन्युजका पत्रकार सुरेश रजक (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ चैत्र २०८१
  • 26.6K
    Shares

पोखरा,१६ चैत २०८१।

आगोमा जल्नु अघि एभिन्युजकर्मी सुरेश रजकलाई च्यानल गेटमा बाहिरबाट चापी लगाएर थुनिएको भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ।

तिनकुनेस्थित भवनमा राजावादीले ढुंगामुडा गरिरहँदा पत्रकार रजक सोही भवनमा रहेको सुवाल ल फर्मभित्र निर्बिघ्न र निर्धक्कका साथ मोबाइलमार्फत फोटो तथा भिडियो खिचिरहेको देखिन्छ। तर सामाजिक संजालमा भाइरल बनिरहेको उक्त भिडियोमा रजक भित्र निर्धक्कसाथ फोटो तथा भिडियो खिचिरहदा बाहिरबाट च्यानल गेटमा छापी लगाएको प्रस्ट देखिन्छ।

भिडियो खिच्ने व्यक्तिले को हो भनेको सुनिएकोमा अर्कोले पत्रकार हो भनेको समेत उक्त भिडियोमा प्रष्ट सुनिएको छ। भित्र थुनिएको पत्रकार हो भन्ने थाहा पाएका भिडियो खिच्ने मानिस र उनका साथीले बाहिरबाट छापी लगाइएको बारेमा भित्र रहेका पत्रकार सुरेश रजकलाई थाहै नदिइ उनीहरु त्यहाँबाट बाहिरिएको भिडियोमा प्रष्ट छ। उनीहरुले बाहिरिने क्रममा बाहिरबाट “आगो लागिसकेको छ ” भनेको पनि उक्त भिडियोमा प्रष्ट सुनिएको छ।

त्यस भिडियोको शुरुमा भने एक जना युवती माथिल्लो तलाबाट तल झर्दै गरेको देखिएको छ। उनी एभिन्युजकर्मी एनी कुँवर ‘बाला’ भएको बताइएको छ। तर उनीसंगी पछाडी पछाडी आएका एक जना पुरुषले भने अनुहार पुरै ढाकिने गरी कालो कपडा बेरेका छन्। उनी को हुन् भन्ने बारेमा प्रष्ट हुन सकेको छैन।

माथि धुवाँ धेरै भए पछि आत्तिएर बाहिर निस्कीई तल आएर आफ्नो साथी माथि आगोले घेरिएको र उद्धार गरिदिन भन्दै उनले घन्टौंसम सुरक्षा निकाय , उद्धारकर्मी सबैलाई गुहार मागेकी थिइन्। तर उनले मागको गुहारमा कसैले सहयोग नगर्दा पत्रकार सुएश रजकक्ले आगोमा जलेर ज्यान गुमाउनु परेको हो।

त्यस भिडियो हेर्दा जो कसैले अनुमान गर्न सक्छ कि एभिन्युजकर्मी सुरेश रजकको षड्यन्त्रपूर्वक हत्या भएको हो। तर अहिले नै त्यो एकिन गरेर भन्न सकिने अवस्था भने छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार