चोरीको आरोपमा बिजुलीको पोलमा बाँधेर दानवीय तरीकाले कुटपिट (भिडियोसहित)

चोरीको आरोपमा बिजुलीको पोलमा बाँधेर दानवीय तरीकाले कुटपिट (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ चैत्र २०८१
  • 15.5K
    Shares

पोखरा,१५ चैत २०८१।

दाङमा एक महिलालाई बिजुलीको पोलमा बाँधेर दानवीय तरीकाले कुटपिट गरिएको एउटा भिडियो यति बेला सामाजिक संजालहरुमा भाइरल भैरहेको छ।

सामाजिक संजाल फेसबुक र युट्युबमा भाइरल बनिरहेको त्यस भिडियोमा एक महिलालाई डोरीले बिजुलीको पोलमा बाँधिएको छ र ‘चोर’ भन्दै बिभिन्न महिलाहरुले कुटपिट गरिरहेका छन्। ती महिला नाजवाफ त्यस यातनालाई खपिरहेकी त्यस भिडियोमा देखिन्छ। शायद धेरै यातनाका कारण उनी बेहोश भएको पनि हुनसक्छ।


उनीमाथि दानबीय तरीकाले कुटपिट भैरहेको त्यस भिडियो एक जनाले निरन्तर रुपमा खिचिरहेका छन् र अर्को एक जना महिलाले सामाजिक संजालमा भाइरल बनाउनु पर्छ भनेको आवज त्यस भिडियोमा सुन्न सकिन्छ।

दाङबाट पत्रकार केशरमान बुढाथोकीले दिएको जानकारी अनुसार , त्यस भिडियोमा दानबीय तरीकाले कुटाई खाइरहेकी ती महिला घोराही उपमहानगरपालिका वडा नम्बर १० निवासी शिला चौधरी हुन्। उनलाई सोही उपमहान्गरापालिकाको वडा नम्बर ११ बस्ने गोपाल चौधरीले आफ्नो घरमा बोलाएर भित्र लागि कुटपिट गरे पछि बाहिर ल्याएर बिजुलीको पोलमा बाँधेर यातना दिइएको पत्रकार बुढाथोकीले जानकारी दिएका छन्।

दानबीय तरीकाले कुटाई खाएकी शिला चौधरीलाई स्थानीय केही भलाद्मीहरु बसेर दुवै पक्षबिच कागज गरेर मिलापत्र गरेको पाइएको पत्रकार बुढाथोकीले खुलाएका छन।

चोरीको आरोप लगाएर शिला चौधरीलाई गरिएको दानबीय कुटपिटको भिडियो देखे पछि स्थानीय मानव अधिकारकर्मीहरुले दोषीमाथि कडाभन्दा कडा कानूनी कारबाहीको माग राखेर जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260