भारतको रेलवे स्टेसनमा गएराति एक युवाले आफ्नी प्रेमिका र उनका बाबुलाई गोली हाने र आफुले आफैलाई पनि गोली हाने

भारतको रेलवे स्टेसनमा गएराति एक युवाले आफ्नी प्रेमिका र उनका बाबुलाई गोली हाने र आफुले आफैलाई पनि गोली हाने


  • एजेन्सीहरु
  • बुधबार, १३ चैत्र २०८१
  • 5.5K
    Shares

पोखरा,१३ चैत २०८१।

भारत बिहारको आरा रेलवे स्टेसनमा मंगलबार राति एक युवाले आफ्नी प्रेमिका र उनका बाबुको गोली हानेर हत्या गरे पछि आफुले आफैलाई गोली हानेर आत्महत्या गरेका छन्।

२४ वर्षका अमन कुमारले राती प्लेटफर्म नम्बर दुईमा आफ्नो प्रेमिका जिया कुमारी र उनका बुबा अनिल सिन्हालाई गोली हानेर हत्या गरेपछि आफैँलाई गोली हानेर आत्महत्या गरेको रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट प्रकाश पाण्डालाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले समाचार लेखेको छ।

तीन जनाको शव निकालिएको र यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। उनले भने, ‘हामीले हत्यामा प्रयोग गरिएको हतियार जफत गरेका छौँ।’

प्रतिक्रिया