भारतमा पत्रकार बाजपेयीको गोली हानि हत्या

भारतमा पत्रकार बाजपेयीको गोली हानि हत्या


  • एजेन्सीहरु
  • आइतबार, २५ फाल्गुन २०८१
  • 4.3K
    Shares

गोली हानि हत्या गरिएका पत्रकार राघवेन्द्र बाजपेयी

पोखरा, २५ फागुन २०८१।
भारतमा एक जना पत्रकारको गोली हानि हत्या गरिएको छ।

भारतीय राज्य उत्तर प्रदेशको सीतापुर जिल्लास्थित इमालिया सुल्तानपुर प्रहरी चौकी क्षेत्रमा स्थानीय
पत्रकार राघवेन्द्र बाजपेयीको गोली हानि हत्या गरिएको हो।

मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले पत्रकार बाजपेयी सवार मोटरसाइकललाई ठक्कर दिए पछि बाजपेयीमाथि तीन वटा गोली हानिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

भारतीय संचारमाध्यमहरुका अनुसार, आफूलाई फोन आएको भन्दै घरबाट निस्किएका पत्रकार बाजपेयीको शब केही समयपछि लखनऊ-दिल्ली राजमार्गको हेमपुर नेरीनजिकै फेला परेको थियो।

सुरुमा यो सवारी दुर्घटना भएको ठानिएको थियो। तर जिल्ला अस्पतालमा जाँचका क्रममा डाक्टरहरूले उनको शरीरमा तीनवटा गोलीका चोट फेला पारेपछि वास्तविकता खुलेको थियो।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने यो खबर लेख्दासम्म कोही पक्राउ परेको जानकारी आइसकेका छैन।

प्रतिक्रिया