पोखरा, १८ फागुन २०८१।
बलिउड अभिनेता गोविन्दासंग आफ्नो सम्बन्ध बिच्छेद हुन लागेको खबरहरु सार्वजनिक भए पछि सुनिता आहुजाले आफ्नो भनाई पहिलो पटक सार्वजनिक गरेकी छिन।
उनले एक भरातीय संचार माध्यमलाई दिएको प्रतिक्रियामा उनले आफ्नो पति गोबिन्दासंग सम्बन्ध बिच्छेद हुन लागेको खबरको भ्रम भनेकी छिन्। उनले गोबिन्दासंग सम्बन्ध बिच्छेदकोसमाचार झुठ भएको पनि बताएकी छिन।
सुनिताले उक्त भिडियोमा पति गोबिन्दा राजनीतिमा लागेको र घरमा एउटा जवान छोरी पनि रहेका कारण पति गोबिन्दाको राजनीतिमा सहयोग पुगोस भनेर आफुले छुट्टै घर लिएर बसेको उल्लेख गरेकी छिन्।
उनले अघि भनिन् कि उनी र गोविन्दा लामो समयदेखि अलग बस्दै आएका छन्, तर यो कुनै सम्बन्धविच्छेदको कारणले होइन। उनीहरू छुट्टै फ्ल्याटमा बस्छन् ताकि गोविन्दा आफ्नो राजनीतिक बैठकहरू गर्न सकून्, र सुनिताले भनेकी छन्, ‘मलाई र गोविन्दलाई यो दुनियाँमा कसैले छुट्टै राख्न सक्दैन।’ गोविन्दा पछिल्लो समय राजनीतिमा पनि सक्रिय छन्।
सुनिताको अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ, जसले धेरैलाई राहत दिएको छ र झुटा अफवाहहरूको खण्डन गरेको छ।