संयुक्त राष्ट्र संघमा युक्रेनबिरुद्ध उभियो अमेरिका : युक्रेनबाट रुसी सेना तत्काल फिर्ता हुनुपर्ने प्रस्ताव पारित

संयुक्त राष्ट्र संघमा युक्रेनबिरुद्ध उभियो अमेरिका : युक्रेनबाट रुसी सेना तत्काल फिर्ता हुनुपर्ने प्रस्ताव पारित


  • एजेन्सीहरु
  • मंगलबार, १३ फाल्गुन २०८१
  • 6.8K
    Shares

पोखरा, १३ फागुन २०८१।

अमेरिका युक्रेनी भूभागबाट रुसी सेना तत्काल फिर्ता हुनुपर्ने प्रस्तावको बिपक्षमा उभिएको छ।

संयुक्त राष्ट्र संघमा सोमबार भएको मतदानका क्रममा अमेरिका युक्रेनी भूभागबाट रुसी सेना तत्काल फिर्ता हुनुपर्ने प्रस्तावको बिपक्षमा उभिएको छ। रुस र युक्रेनबिच युद्ध शुरु भएपछि पहिलो पटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको हो । अद्यापि उक्त प्रस्ताब बहुमतले पारित भएको छ।

उक्त प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत पर्दा ६५ देशले मतदानमा भाग लिएनन्।

प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली देशहरू समावेश छन्। जबकि अमेरिकाले भने विपक्षमा मतदान गरेको हो । यस्तै इजरायल र हंगेरीसँगै रुसले यो प्रस्तावको विपक्षमा मतदान गरे। यो प्रस्ताव युक्रेनसँगको रुसको युद्धको तेस्रो वार्षिकोत्सवमा आएको हो।

संयुक्त राष्ट्र संघमा यस प्रस्तावमाथि भएको मतदानमा भारत र चीनले भाग लिएनन्।

प्रतिक्रिया