अमेरिकामा फेरि विमान दुर्घटना : चालकदलका सदस्यसहित छ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना : चालकदलका सदस्यसहित छ जनाको मृत्यु


  • एजेन्सीहरु
  • शनिबार, १९ माघ २०८१
  • 6.8K
    Shares

पोखरा , १९ माघ २०८१।

अमेरिकामा फेरि विमान दुर्घटना भएको छ। अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियास्थित एक शपिङ मलानजिक शुक्रबार साँझ एयर एम्बुलेन्स दुर्घटनाग्रस्त भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एयर एम्बुलेन्स दुर्घटना भएको हो।

उक्त बिमान दुर्घटनामा परेर त्यस बिमानमा सवार चालक दलका ४ सदस्य, एक बाल रोगी र उनका संरक्षकसहित छ जनाको मृत्यु भएको बिमान कम्पनी जेट रेस्क्यु एयर एम्बुलेन्सले जानकारी दिएको छ।

एफएएको एक विज्ञप्तिअनुसार लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिंगफिल्ड-ब्रान्सन राष्ट्रिय विमानस्थल जान प्रस्थान गरेको थियो। विमान साँझ ६:३० बजेतिर दुर्घटनाग्रस्त भयो।

अधिकारीहरूले मृत्यु वा घाइतेको पुष्टि गरेका छैनन्। भिडियोमा दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगो देखिएको छ।

भिडिओ-

प्रतिक्रिया