साउदी अरबमा बस दुर्घटना : तीन नेपालीसहित १५ जना मजदुरको मृत्यु

साउदी अरबमा बस दुर्घटना : तीन नेपालीसहित १५ जना मजदुरको मृत्यु


  • एजेन्सीहरु
  • बुधबार, १६ माघ २०८१
  • 6.7K
    Shares

पोखरा , १६ माघ २०८१।

साउदी अरबको पश्चिमी जिजान क्षेत्रमा सोमबार भएको बस दुर्घटनामा परेर तीन नेपालीसहित १५ जना मजदुरको मृत्यु भएको छ।

ट्रेलरसँग ठोक्किएको उक्त बसमा २६ श्रमिक सवार थिए, जसमा ९ भारतीय नागरिक र ३ घानाका नागरिक पनि रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका मजदुरहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

उक्त घटनाबारे जानकारी दिँदै जेद्दास्थित भारतीय महावाणिज्य दूतावासले पीडित परिवारलाई पूर्ण सहयोग गर्ने आश्वासन दिएको छ र दूतावासले स्थानीय अधिकारी र परिवारसँग सम्पर्कमा रहेको जनाएको छ। भारतीय विदेशमन्त्री एस. जयशंकरले साउदी अरेबियामा घटेको दुर्घटनामा ९ भारतीय नागरिकको मृत्युमा शोक व्यक्त गर्दै पीडित परिवारलाई पूर्ण सहयोग दिने आश्वासन दिएका छन्।

प्रतिक्रिया