दक्षिण कोरियाबाट हङकङ उड्न लागेको बुसान एयरको जहाजमा भीषण आगलागी

दक्षिण कोरियाबाट हङकङ उड्न लागेको बुसान एयरको जहाजमा भीषण आगलागी


  • एजेन्सीहरु
  • बुधबार, १६ माघ २०८१
  • 9.7K
    Shares

पोखरा , १६ माघ २०८१।

दक्षिण कोरियाको बुसानस्थित गिम्हे अन्तराष्ट्रिय विमानस्थलमा एकसय ७६ जना यात्रु बोकेर हङ्गकङ्ग उड्न लागेको बिमानमा आगालागी भएको छ ।

मंगलबार राति एयर बुसान एयर ए३२१ मा आगलागी भएको हो । उक्त विमानमा मंगलबार करिव साढे १० बजेतिर आगलागी भएको थियो । राति आगलागी हुने वित्तीक्कै विमास्थलका आपतकालिन प्रोटोकलहरु सक्रिय भएसँगै एक सय ७६ जना सबै यात्रुको सकुशल उद्दार गरिएको छ ।

आगलागीबाट विमान पूर्ण रुपमा क्षति भएको छ । घटनास्थलमा दमकल खटाएपछि करिब एक घण्टापछि राति ११ः३१ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको दमकलले जनाएको छ ।

मङ्गलबारको घटना दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको यात्रुवाहक विमान दुर्घटना भएको एक महिनापछि भएको हो, जसमा सवार एक सय ८१ जनामध्ये दुई बाहेक सबैको मृत्यु भएको थियो।

प्रतिक्रिया