भारतको प्रयागराजको संगम तटमा भागदौड हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ। ५० भन्दा बढी ब्यक्तिहरु गम्भी घाइते भएका छन्। मंगलबार मध्यरातमा भएको भागदौडमा अन्य सयौं व्यक्तिहरु घाइते भएको भारतीय सञ्चार माध्यामले जनाएका छन्।
प्रहरीले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ। भागदौडपछि प्रसासनको अनुरोधमा १३ वटा आमावश्यमा अमृत स्नान गर्ने अखडाहरु बन्द गरिएको छ। अखडा परिषदका अध्यक्ष रवीन्द्र पुरीले संगम नोजमा अत्याधिक भीडका कारण यो निर्णय गर्नुपरेको जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले योगी आदित्यनाथसँग यो विषयमा फोनमा जानकारी लिएको जनाइएको छ।
अफहवा फैलिएपछि मानिसहरुमा भागदौड मच्चिएको जनाइएको छ। केही मानिसहरु भुँइमा लडेपछि अन्य मानिसहरुले भाग्ने क्रमममा कुल्चिएर उनीहरुको मृत्यु भएको जनाइएको छ। घटनापछि ७० भन्दा बढी एम्बुलेन्सहरु संगम तटमा पुगेका थिए।
महाकुम्भमा आज मौनी अमावस्याको स्नान गर्नेहरुको ठूलो संख्या प्रयागराज पुग्ने अनुमान गरिएको छ। करिब ५ करोड श्रदालुहरु आज प्रयागराज शहरमा पुग्ने अनुमान गरिएको छ। प्रशासनका अनुसार संगम स्थलसहित ४४ घाटमा आज मध्यराति सम्ममा ८ देखि १० करोडले डुबुल्की मार्ने अनुमान गरिएको छ।
कुम्भमेलामा सुरक्षाका लागि ६० हजार बढी प्रहरी परिचालन गरिएको भएपनि भिडभाडका कारण ठूलो दुर्घटना हुने जोखिम कम भएको छैन।