“लागू औषध सहित २ (दुई) जना मानिस पक्राउ”
पर्बत जिल्ला सदरमुकाम कुश्माको बडागाउँबाट अबैध लागू औषधसहित एक जोडी समातिएका छन्।
बाग्लुङको जैमिनी नगरपालिका वडा नं.२ जन्म भई हाल नवलपुरको गैँडाकोट नगरपालिका वडा नं.८ घर भएका वर्ष २२ का बिक्रम परियार र पर्बतको कुश्मा नगरपालिका वडा नं.१२ ठुलीपोखरी बस्ने वर्ष २१ की सिमाना परियारलाई प्रहरीले कुश्मा ५ वडागाँउस्थित डेराकोठाबाट अबैध लागू औषधसहित पक्राउ गरेको हो।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टको नेतृत्वमा खटिई गएको प्रहरी टोलीले गएको शुक्रबार राती पौने १० बजेको समयमा पक्राउ गरेको प्राप्त जानकारीमा उल्लेख छ। उनीहरुको साथबाट डाइजेपाम झोल सहितको एम्पुल २० थान , UPRENORPHINE झोल सहितको २० एम्पुल र फेनारागन २० थ्यान तथा दुई थान मोबाइल, एउटा मोटरसाइकल र ५० हजार छ सय ८० रुपियाँ पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ।
उनीहरुविरुद्ध पर्वत जिल्ला अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय पर्बतले जनाएको छ ।