दुई लाख रुपियाँ धरौटी बुझाएर रिहा भए, झांक्री प्रकाश भुजेल

दुई लाख रुपियाँ धरौटी बुझाएर रिहा भए, झांक्री प्रकाश भुजेल


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ माघ २०८१
  • 6.1K
    Shares

पोखरा, ११ माघ २०८१ ।

सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका झांक्री प्रकाश भुजेल दुई लाख रुपियाँ धरौटी बुझाएर रिहा भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बिहिबार दिएको आदेश बमोजिम झांक्री प्रकाश भुजेल दुई लाख रुपियाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

अदालतको आदेशपछि बिहीबार उनी धरौटी बुझाएर रिहा भएको काठमाडौं प्रहरी परिसरकी प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिइन् ।

काठमाडौंको शंकरापुरमा गएको कार्तिक २८ गते भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएका कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटीको मृत्यु भएको थियो ।त्यतिबेला भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।

हिरासतमा रहेका बेला उनको परिवारसँग सहमति भएको थियो । यद्यपि, काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार