घरजग्गा व्यवसायीमाथि रड आक्रमण गर्ने थप दुई जना भारतबाट पक्राउ

घरजग्गा व्यवसायीमाथि रड आक्रमण गर्ने थप दुई जना भारतबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ माघ २०८१
  • 9K
    Shares

पोखरा, १० माघ २०८१ ।
काठमाडौंको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा घरजग्गा व्यवसायी विक्रम लामामाथि भएको रड आक्रमणमा संलग्न भएको आरोपमा थप दुई जनालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ।

भारतीय प्रहरीको सहयोगमा उक्त आक्रमनामा संलग्न नुवाकोटको ककनीका ३३ वर्षीय अजय लामा र गोरखाका दीपक बरामुलाई भारतबाट पक्राउ गरी काठमाडौं ल्याइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए।

गएको कात्तिक ११ गते घरजग्गा व्यवसायी विक्रम लामालाई रड प्रहार गरी निर्घात कुटपिट गरिएको सीसीटिभी फुटेज सार्वजनिक भएको थियो ।

घटनामा संलग्न ७ जनाविरुद्ध ज्यान मार्ने उद्योग र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ । यसअघि पक्राउ परेका निश्चल सुनार र शैलेन्द्र तामाङ भनिने मार्शल पुर्पक्षका लागि कारागार चलान भएका छन् भने पदम राई ५० हजार धरौटीमा रिहा भएका थिए । लक्ष्मी राई र रमेश सिलवाल भने अझै फरार छन् ।

आक्रमणमा संलग्न सिजन अधिकारीलाई पनि भारतबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले टीका भण्डारी र सिजन अधिकारीविरुद्ध भने मुद्दा नचल्ने निर्णय गरेको थियो ।

नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका विक्रम लामा आक्रमणमा गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार