भारतमा रेल दुर्घटना अपडेट : मृतक १३ यात्री मध्ये ४ जना नेपालीको सनाखत

भारतमा रेल दुर्घटना अपडेट : मृतक १३ यात्री मध्ये ४ जना नेपालीको सनाखत


  • एजेन्सीहरु
  • बिहिबार, १० माघ २०८१
  • 6.5K
    Shares

पोखरा,१० माघ २०८१।

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परेर मृत्यु भएका १३ जना मध्ये चार जना नेपाली रहेको पुष्टि भएको छ।

बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाह फैलिएसंगै अत्तालिएर रेलबाट हाम फालेका यात्रीलाई अर्को दिशातिरबात आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा १३ जना यात्रीको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जानकारी दिएका छन्। ती मृत्यु भएका १३ मध्ये सात जनाको सनाखत भएको र ती सात मध्ये चार जना नेपाली रहेको प्राप्त समाचारहरुमा जनाइएको छ। उक्त दुर्घटनामा मृत्यु हुने नेपाली नागरिकहरुमा छिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए । त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरुलाई ठक्कर दिएको थियो ।

दुर्घटना भएको स्थान नजिक घुम्ती भएकाले पनि यात्रुहरुले विपरीत दिशाबाट आइरहेको रेल नदेखेर ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया