पोखरा,९ माघ २०८१।
सिन्धुलीस्थित प्रहरीको घेराबाट भागेका नाइजेरियन नागरिक बस चढेर काठमाण्डौ जाँदै गर्दा आठ घण्टा पछि पक्राउ परेका छन्।
अध्यागमन विभागको निर्देशनमा भोजपुरबाट पक्राउ गरेर काठमाण्डौ लैजाँदै गर्दा वलुवासोगो ग्लोरी ओडे नाम गरेका नाइजेरियन नागरिक शौचालय जाने बहानामा सिन्धुलीको खुर्कोटबाट मंगलबार भागेका थिए। त्यहाँबाट भागेर उनी काठमाडौबाट सर्लाही जाँदै गरेको प्रदेश २-०३-००१ज ००१४ नम्बरको इभि गाडिमा चढेको अवस्थामा बाराको बिपि राजमार्गस्थित गोलन्जोर गाउपालिका ६ बाट पक्राउ परेका प्रहरिले जानकारी दिएको छ।
भोजपुरको पौवादुम्मा गाउँपालिका–३ बाट सोमबार साँझ पक्राउ गरी काठमाडौ ल्याउँदै गर्दा नाइजेरियन नागरिक सिन्धुलीको गोलन्जोर गाउपालिका ७ खुर्कोटस्थित मध्यपाहाडी राजमार्ग र बिपि राजमार्गको संगम स्थलबाट शौचालय जाने भन्दै फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले दिएको जानकारी अनुसार , बिहान ६ बजे खुर्कोट नजिकैबाट फरार भएका ती ब्यक्ति दिउँसो २ बजे गढि प्रहरी चौकिले चेकजाँच गर्दा बिपि राजमार्गस्थित गोलन्जोर गाउपालिका ६ बारामा प्रदेश २-०३-००१ज ००१४ नम्बरको काठमाडौबाट सर्लाही जाँदै गरेको इभि गाडिमा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय इलाका तथा प्रहरी चौकी र स्थानियको सक्रियतामा ८ घण्टा पछि फेला पारेर अध्यागमन बिभागलाई बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी मंगलबार साँझ लगभग ६ बजेको समयमा खुर्कोट नजिकैबाट शौचालय गराउने क्रममा हाम फालेर फरार भएका थिए ।