आफूलाई प्रेमीसँग अबिबाहित देखाउन सल्यानमा एक महिलाद्वारा आफ्ना दुई छोरीको हत्या

आफूलाई प्रेमीसँग अबिबाहित देखाउन सल्यानमा एक महिलाद्वारा आफ्ना दुई छोरीको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ माघ २०८१
  • 6.7K
    Shares

पोखरा,९ माघ २०८१।

आफ्नो प्रेमीलाई आफू अबिबाहित देखाउन सल्यानमा एक महिलाले आफ्ना दुई छोरीको हत्या गरेकी छिन्।

सल्यानको वनगाड कुपिन्डे नगरपालिका ११ की २६ वर्षीया पूर्णिमा राना मगरले आफ्नो प्रेमीलाई आफू अविवाहित रहेको देखाउन आफ्ना दुई छोरीको हत्या गरेकी हुन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी केशर न्यौपानेका अनुसार, अभियुक्त पुर्णिमा राना मगरले गएको पुस २४ गते घरभित्रै आफ्ना ३ वर्ष र ६ महिनाकी छोरीहरूको घाँटी थिचेर हत्या गरेकी थिइन्।

आफु अबिबाहित रहेको भन्दै विगत ६ महिनादेखि एक युवकसँग प्रेम सम्बन्धमा रहेकी पुर्णिमाले आफ्नो बिबाह भएको र आफ्ना दुई छोरीहरु रहेको थाहा नहोस भनेर छोरीहरुको हत्या गरेको प्रहरीले बताएको छ।

छोरीहरुको हत्या गरेर प्रेमीसँगै बिहे गर्ने योजनामा रहेकी अभियुक्त पुर्णिमा रानामगरलाइ प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार