मिर्गौला प्रत्यारोपण असफल हुँदा बागलुङका पुराना बामपन्थी नेता रामजीप्रसाद शर्माको निधन

मिर्गौला प्रत्यारोपण असफल हुँदा बागलुङका पुराना बामपन्थी नेता रामजीप्रसाद शर्माको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ माघ २०८१
  • 6.3K
    Shares

पोखरा,९ माघ २०८१।

बागलुङका चर्चित वामपन्थी नेता रामजीप्रसाद शर्माको निधन भएको छ।

पूर्वऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य समेत रहेका शर्माको मंगलबार दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

मिर्गौलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए। मिर्गौला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको नेकपा (एकीकृत समाजवादी) बागलुङका अध्यक्ष पिङ्गलराज गौतमले जानकारी दिए।

पुराना वामपन्थी नेता शर्मा पछिल्लो समय एकीकृत समाजवादीमा क्रियाशील थिए। विसं २०६४ को संविधानसभा सदस्यमा निर्वाचित शर्मा त्यही बेला उनी राज्यमन्त्री थिए।

एकीकृत समाजवादी पार्टी स्थापना भएपछि उनी गण्डकी प्रदेश अध्यक्षसमेत भएका थिए। हाल उनी कुनै पनि जिम्मेवारीमा थिएनन्। शर्माको शव भोलि साँझसम्म भारतबाट बागलुङ ल्याइपुग्ने अध्यक्ष गौतमले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार