आशिका तामाङलाई थप पांच दिन हिरासतमा राख्न दियो प्रशासनले अनुमति

आशिका तामाङलाई थप पांच दिन हिरासतमा राख्न दियो प्रशासनले अनुमति


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ माघ २०८१
  • 3K
    Shares

आशिका तामाङ

पोखरा,८ माघ २०८१।

स्थानीय प्रशासनले सामाजिक अभियन्ता आशिका तामाङलाई थप पांच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। माघ २ गते काठमाण्डौको स्वयम्भूबाट पक्राउ परेकी तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले थप पांच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

पहिलो पटक हिरासतमा राख्न दिएको पांच दिनको म्याद सकिएको सोमबारकै दिन प्रहरीले उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।

सोमबार प्रशासनले पुनः पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । आशिकाविरुद्ध प्रहरीले अभद्र मुद्दामा अनुसन्धान गरिरहेको छ ।

आशिकाविरुद्ध प्रहरी वृत्त गौशालाको टोलीले अनुसन्धान गरिरहेको छ । गएको पुस २६ गते पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको उनीविरुद्ध आरोप छ ।

अभद्र व्यवहारको कसुर प्रमाणित भए जिल्ला प्रशासन कार्यालयले आशिकालाई १० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार