डोटीमा बिहेको भोज खाएका ५७ जना बिरामी : तीन जनाको अवस्था गम्भीर

डोटीमा बिहेको भोज खाएका ५७ जना बिरामी : तीन जनाको अवस्था गम्भीर


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ माघ २०८१
  • 2K
    Shares

पोखरा,७ माघ २०८१।

डोटीमा बिहेको भोज खाएका ५७ जना बिरामी भएका छन्। जिल्लाको आदर्श गाउँपालिका–१ का नरबहादुर विककी छोरीको विवाहको भोज खाएकाहरू बिरामी भएका हुन्।

जिल्ला प्रहरी कार्यालय, डोटीले शनिवार दुलही पक्षका व्याक्तिहरू सुजीको हलुवा लगायतका खानाका परिकार खाएकोमा बिरामी भएका बताएको छ।

शनिबार भोज खाएका ५७ जना मध्ये तीन जनाको अवस्था अलिक गम्भीर रहेको छ। बिहेको भोज खाएकाहरूमा ज्वरो आउने, बान्ता र पखाला हुने समस्या देखिएको थियो।

शनिबार बिरामी भएका सबैलाई स्थानीय बाँझ स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ। बिरामीहरूको रगतको नमुना सङ्कलन गरी जिल्ला अस्पताल, डोटीमा परीक्षणका लागि पठाइएको छ।

स्वास्थ्य अधिकारीहरूले विषाक्त खाना खाएको हुन सक्ने अनुमान गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ भने स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार