हेर्नुस, आजको मौसम कस्तो रहला ?

हेर्नुस, आजको मौसम कस्तो रहला ?


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ माघ २०८१
  • 2.9K
    Shares

पोखरा,७ माघ २०८१।

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । मधेस प्रदेशको पश्चिमी तराईका भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी तराइका केही भू-भागहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार