नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित

नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ माघ २०८१
  • 4.5K
    Shares

पोखरा,६ माघ २०८१।

खाे–खाे विश्वकप फाइनलमा नेपाली महिला टाेली आयाेजक भारतसँग पराजित भएकाे छ ।

नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आज भएकाे उपाधि प्रतिस्पर्धामा नेपाली महिला टाेली ७८–४० ले पराजित भयाे । नेपाली महिला टाेली अपराजित रहँदै उपाधि नजिकै पुगेकाे थियाे । नेपाली महिला टाेलीले सेमिफाइनलमा युगान्डालाई र क्वाटरफाइनलमा इरानलाई हराएकाे थियाे ।

यस्तै नेपाली महिला टाेलीले समूह चरणकाे पहिलाे खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।

खाे–खाे विश्वकप फाइनलकाे पुरुषतर्फ अहिले बेलुकी ८ बजे भारतसँग खेल्दैछ ।

प्रतिक्रिया