पोखरा,४ माघ २०८१।
गोर्खा सदरमुकाममा ८५ वर्षीय वृद्धको घाँटी रेटेर हत्या गरिएको छ। गोरखा नगरपालिका–६ छहरेका ८५ बर्षिय तोप बहादुर पाठकको घाँटी रेटेर हत्या गरिएको हो ।
पाठकको शब बिहिबार बिहान घर नजिकै काँडाघारीमा घाँटी रेटिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी ध्रुव प्रसाद शर्माले जानकारी दिए । शबलाई पोस्टमार्टमका लागि राजधानी काठमाण्डौ पठाउने तयारी भैरहेको प्रहरीले बताएको छ। प्रहरीले घटनास्थलबाट एउटा रगत लत्पतिएको खुकुरी र ऊनीको टोपी समेत बरामद गरिएको बताएको छ।
बिहान ५ः३० बजे घरबाट निश्किएका उनलाई ९ः४० बजे गंभिर अवस्थामा बारीको कुनामा रगलमा लतपतिएको अवस्थामा प्रहरीले उद्वार गरी उपचारको लागि अस्पताल पुर्याएका थिए । उपचारमा संलग्न गोरखा अस्पतालमा चिकित्सकहरुले पाठकलाई बिहान १०ः३० बजे मृत्त घोषित गरेको सूचना अधिकारी शर्माले बताए । सांकेतिक चित्र