चर्चित नेपाली गायिका मेलिना राईले ध्रुव गुरूङसँग आज बिबाह गर्दै

चर्चित नेपाली गायिका मेलिना राईले ध्रुव गुरूङसँग आज बिबाह गर्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ माघ २०८१
  • 12.4K
    Shares

पोखरा,४ माघ २०८१।

चर्चित नेपाली गायिका मेलिना राईले ध्रुव गुरूङसँग आज बिबाह गर्दैछिन। काठमाडौंको गोकणेश्वरस्थित एक रिसोर्टमा आज हुने भनिएको उक्त बिबाहलाई विशेष बनाउन तयारी भैरहेको बताइएको छ।

आजको बिबाहमा परिवार, आफन्त र सीमित साथीहरूको उपस्थितिमा हुने समाचारस्रोतहरुले जानकारी दिएका छन्।

यसैबीच गायिका मेलिना राईले ध्रुव गुरूङसँग गरेको इन्गेजमेन्टको फोटो तथा भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ। मेलिनाको इन्गेजमेन्टका तस्बिरहरू सार्वजनिक भएसँगै फ्यान, शुभचिन्तक र सहकर्मी कलाकारहरूले उनलाई बधाई दिन थालेका छन्।

मेलिना राई नेपाली संगीत क्षेत्रमा निकै लोकप्रिय छिन्। उनले गाएको गीत ‘कुटुमा कुटु’ लगायतका दर्जनौं गीतहरू सुपरहिट भएका छन्। यससँगै, उनी कोच रहेको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’ को प्रसारण पनि शुक्रबारबाट सुरू हुँदैछ।

प्रतिक्रिया

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260