ठुलो मात्रामा अबैध लागू औषधसहित पोखराबाट एक जना डिलर पक्राउ

ठुलो मात्रामा अबैध लागू औषधसहित पोखराबाट एक जना डिलर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ माघ २०८१
  • 13.5K
    Shares

पोखरा , ३ माघ २०८१।

पोखराबाट लागू औषधका एक जना डिलर ठुलो मात्रामा लागू औषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ साढे छ बजेको समयमा ठुलो मात्रामा लागू औषधसहित माछापुच्छ्रे गाउपालिका वडा नम्बर ८ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर मा बस्ने २५ बस्ने २७ वर्षीय रामचन्द्र सुवेदीलाई पोखरा ८ आलुमाइलाचोकबाट पक्राउ गरेको हो।

आलुमाइलाचोकमा लागू औषधको कारोवार भैरहेको सुचना पाएको प्रहरी टोलीले ग १३ प ४१५४ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा ठुलो मात्रामा लागू औषधसहित सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

आलुमाइलाचोकमा पक्राउ पर्दा स्कुटरमा लुकाई छिपाई राखेको Tapentadol Tablets–100mg नामको अबैध लागू औषध चार सय चक्की बरामद गरेको प्रहरी टोलीले अभियुक्त सुबेदीको घरकोठाबाट दुई वटा कार्टुन र एउटा जेब्रा झोलामा लुकाई छिपाई राखेको Tentadol-100mg लेखिएको लागू औषध १७ हजार सातसय ८० चक्की र निजकै पोखरा ४ रामकृष्ण टोलस्थित कोठाबाट सोहि नामको अबैध लागू औषध दुई सय चक्की र Tramol-50mg लेखिएको लागू औषध चारसय ६० चक्की बरामद गरिएको प्रहरीले दाबी गरेको छ।

अभियुक्त सुबेदीबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार