नेपाल प्रहरीमा २५ एसपीको एसएसपीमा बढुवा सिफारिश (बढुवासुचीसहित)

नेपाल प्रहरीमा २५ एसपीको एसएसपीमा बढुवा सिफारिश (बढुवासुचीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ माघ २०८१
  • 6.8K
    Shares

पोखरा, १, माघ २०८१।

सरकारले एकैपटक २५ जना प्रहरी उपरिक्षक (एसपी)हरुको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिश गरेको छ।

प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरिएको गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले जनाएको छ।

एसएसपीमा बढुवा सिफारिश हुनेहरुमा रमेश थापा , अजय केसी , अनुप समशेर जबरा , बीरबहादुर बुढामगर, नवराज अधिकारी , कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी , कृष्ण प्रसाद पंगेनी , गोबिन्द अधिकारी, बिनोद सिलुवाल र श्याम कुमार महतो रहेका छन्। त्यस्तै बेद बिष्ट , शिब कुमार श्रेष्ठ , प्रकाश मल्ल , शान्तिराज कोइराला , जनार्दन जिसी , रन्जु सिग्देल , सन्तोष खड्का , सन्तोष कुमार भट्टराई, राजेन्द्र प्रसाद धमला , सन्तोष सिंह राठौर , संजयासिंह थापा , विमलराज कंडेल , महेन्द्र खड्का र प्रभुप्रसाद ढकालको पनि एसएस्पीन्मा बढुवा सिफारिश भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार