पोखरामा २४ औं आहा रारा गोल्ड कप तयारी : सहप्रायोजनका लागि चितवनको जय श्री फुड्ससंग सम्झौता

पोखरामा २४ औं आहा रारा गोल्ड कप तयारी : सहप्रायोजनका लागि चितवनको जय श्री फुड्ससंग सम्झौता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ पुष २०८१
  • 5.8K
    Shares

पोखरा,२६ पुष मंसीर २०८१।

मोफसलमै ठुलो फुटबल प्रतियोगिता मानिएको साहारा क्लब पोखराद्वारा आयोजित २४औं आहा! रारा पोखरा गोल्डकपको सह–प्रायोजकका लागि चितवनको जय श्री फुड्ससंग सम्झौता भएको छ।

शनिबार पोखरामा आयोजित एक समारोहका बीच सह प्रायोजनका लागि आयोजक सहारा क्लबका तर्फबाट अध्यक्ष केशब बराल र जय श्री फुड्सका तर्फबाट नरल म्यानेजर अमित अग्रवालले हस्ताक्षर गरे। यस सम्झौतासंगै जय श्री फुड्सले यस वर्ष माघ २२ गतेबाट आयोजना हुने २४औं आहा! रारा पोखरा गोल्डकपमा सहप्रायोजकका रुपमा आयोजक सहारा क्लबलाई पांच लाख रुपियाँ प्रदान गर्नेछ।

यसैबिच उक्त कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु विक्रम थकालीले २४औं आहा! रारा पोखरा गोल्डकपमा १० टिमको सहभागिता हुने जानकारी दिए। पूर्व अध्यक्ष थकालीका अनुसार , उक्त प्रतियोगितामा आयोजक सहारा क्लबसहित नेपाली ए डिभिजनका क्लब विभागिय टोली एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र क्लब, संकटा यूथ क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, एनआरटी फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब यूके सहभागी हुने निश्चित भएको छ।

उक्त प्रतियोगिताम भाग लिन जापान, चीन र भारतका अन्य टिमहरुले पनि इच्छा प्रकट गरे पनि अझै निश्चित हुन नसकेको पूर्व अध्य्क्ष थकालीले बताए। भारतीय सर्भिस टिम वा जापानको एक क्लबका लागि कुराकानी अघि बढाइएको उनले जनाए ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा हुँदै आएको छ । क्लबले सञ्चालन गर्ने पोखरा गोल्डकपबाट संकलित रका सहारा एकेडेमीमा आश्रित विपन्न वर्गका बालकहरुको फुटबल प्रशिक्षण संगै निशुल्को आवाश सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार