कार हिउँमा चिप्लिएर अमेरिकाको उत्तरी भर्जिनियामा दुई नेपालीको निधन

कार हिउँमा चिप्लिएर अमेरिकाको उत्तरी भर्जिनियामा दुई नेपालीको निधन


  • एजेन्सीहरु
  • शुक्रबार, २६ पुष २०८१
  • 8.9K
    Shares

पोखरा,२६ पुष मंसीर २०८१।

कार हिउँमा चिप्लिएर अमेरिकाको उत्तरी भर्जिनियामा दुई नेपालीको निधन भएको छ । बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा आफ्नो कार पार्किंङ्ग गर्ने क्रममा कार चिप्लिएर चिसोपानीको पोखरीमा डुब्दा दुई नेपालीको निधन भएको हो।

मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र उनका नातेदार २० वर्षका निश्चल भट्टको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एनबीसी वाशिङ्गटन डटकमले जनाएको छ ।

फेयरफ्याक्स काउन्टी प्रहरीले बिहान ७:३० बजे सेन्टरभ्यू ड्राइभमा रहेको विन्डद्याम होटलको नजिकैको हिउँमा चिप्लिएको र चिसो पोखरीमा कारको आधा भाग डुबेको हो।

गाडी आंशिक रुपमा जमेको पानीमा डुबेपछि चालक ५५ वर्षीय कर्णबहादुर खड्का र सोही कारका यात्रु २१ वर्षीय निश्चल भट्ट भित्र फसेका थिए । उद्धार टोली कारमा पुग्दा, कार पानीमा आधा डुबेको अवस्थामा भेटिएको थियो । चिसो र गहिरो ठाउँमा डुबेपछि निस्कन नसकेर उनीहरूको निधन भएको बताइएको छ । कार पोखरीमा डुबेपछि खड्काले फोनबाट उद्धारका लागि अनुरोध गरेका थिए । प्रहरी केहीबेरमै त्यहाँ पुगेपनि उनीहरूको निधन भैसकेको थियो ।

खड्का सोही होटलमा काम गर्ने र भट्ट भने कामका लागि आवेदन दिने योजना बनाएर सँगै गएका थिए ।

नेपाली समुदायका स्थानीय समाजसेवी आशिष संग्रैलाका अनुसार खड्का सपरिवार बस्दै आएका हुन् भने भट्ट विद्यार्थी हुन् । मृतक द्वयको अन्त्यष्टिका लागि परिवारसँग सम्पर्क र समन्वय भैरहेको पनि उनले जानकारी गराएका छन् ।

खड्का सोही होटलमा हाउस किपिङमा काम गर्दथे । उनले आफ्नो भान्जा नाता पर्ने अर्का व्यक्तिलाई त्यही होटलमा काम लगाइदिने भनेर उनले होटलमा ल्याएका थिए ।

मृतक कर्ण थापा छोरी ज्वाइँ र श्रीमतीसहित अमेरिकामा बस्दै आए पनि मृतक अर्का व्यक्तिको परिवार भने नेपालमा रहेको बताइएको छ ।

प्रतिक्रिया