एमाले काठमाण्डौ जिल्ला सदस्य लामा नाबालिका वलात्कार गरेको आरोपमा पक्राउ

एमाले काठमाण्डौ जिल्ला सदस्य लामा नाबालिका वलात्कार गरेको आरोपमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ पुष २०८१
  • 7.6K
    Shares

नेकपा एमाले काठमाण्डौ जिल्ला समिति सदस्य एबम विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्णमान लामा

पोखरा,२५ पुष मंसीर २०८१।

नेकपा (एमाले)का काठमाडौँ जिल्ला समिति सदस्य पूर्णमान लामा काठमाण्डौबाट पक्राउ परेका छन्।

काठमाडौंको शंखरापुर नगरपालिका वडा नं. १ नाङ्लेभारेमा रहेको चापाबाेट माध्यामिक विद्यालय ब्यबस्थापन समिति अध्यक्ष समेत रहेका लामालाई प्रहरीले नाबालिका बलात्कार गरेको कसुरमा पुस २२ गते पक्राउ गरेको हो।

काठमाडौँको शंकरापुर नगरपालिका–१ घर भएका लामा अहिले प्रहरी वृत्त बौद्धको हिरासतमा रहेको प्रहरीले जानकारी दिएको छ।

यसैऐच नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले एक प्रेस बिज्ञप्ति निकालेर वालात्कारको आरोप लागेका लामालाई पार्टी सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार