आफुले नै जन्माएका दुई छोरीको हत्या गरेको आशंकामा प्रहरीले सल्यानाबाट एक महिलालाई पक्राउ गरेको छ।
सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल निवासी २५ वर्षीया पुर्णिमा रानालाई दुई छोरीहरु क्रमश: तीन वर्षीया करिष्मा र ६ महिनाकी रागविलाई हत्या गरेको आशंकामा प्रहरीले आज सल्यानबाट पक्राउ गरेको हो।
ती दुई बालिका बुधबार बिहान घरभित्रै मृत भेटिएकोमा उनीहरुको हत्या आमा पुर्णिमा रानाले गरेको आशंकामा पक्राउ गरिएको ल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतले जानकारी दिए । पूर्णिमाले श्रीमानसँग हुने घरायसी विवादका कारण हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी छिन् ।
मृतक छोरीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको गरेका थिए ।
इन्सपेक्टर बस्नेतका अनुसार पुर्णिमाका श्रीमान जेठाजु, सासु, ससुरा नुवाकोटमा काम गर्ने सिलसिलामा गएका रहेछन् । घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको उनले बताए ।