पोखरा,२३ पुष मंसीर २०८१।
बुटवल उपमहानगरपालिका–११ स्थित मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा सोमबार बिहान एक जना नवजात शिशुको शब जलेको अवस्थामा भेटिएको छ।
महिना पुगेर नै जन्मिएको जस्तो देखिने त्यस शिशुलाई ५/७ दिन अघि जन्मिए पछि उक्त डम्पिङ्ग साइटमा फालेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार सोमबार विहान मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा नवजात शिशु जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।तत्पश्चात घटनास्थल पुगेको उक्त नवजात शिशुको शबलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख पण्डितले बताए ।