गोरखा बारपाककी सुचिना घलेको हत्या आरोपी मनशम्जेर गुरुङ कारागार चलान

गोरखा बारपाककी सुचिना घलेको हत्या आरोपी मनशम्जेर गुरुङ कारागार चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ पुष २०८१
  • 5.1K
    Shares

पोखरा,२३ पुष मंसीर २०८१।

गोरखाको बारपाककी सुचिना घलेको हत्या आरोपी जेल चलान भएका छन्।

गोर्खा जिल्ला अदालतको आदेश बमोजिम घलेको हत्या आरोपी स्थानीय ४२ वर्षीय मन शम्जेर गुरुङ पुर्पक्षमा रहने गरी गोर्खा जिल्ला कारागार चलान भएका हुन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरिक्षक ध्रुव प्रसाद शर्माले दिएको जानकारी अनुसार , गएको मंसिर १५ गते घरबाट घाँस लिन भनी जंगल गएकी सुचिना त्यही दिनदेखी सम्पर्कबिहीन भएकी थिईन । स्थानिय र प्रहरीको खोजीका क्रममा सुचिनाको हत्या गरी शव गाडेको अवस्थामा मंसिर १८ गते दिउसो १ः३० बजे मैखर्क जंगलमा फेला परेको थियो । जंगलमा खाडलमा पुरिएको अवस्थामा सुचिनाको लाश फेला परेको थियो ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाबाट गएको प्रहरी नायब उपरिक्षक सहितको अनुसन्धान टोलीले मंसिर २४ गते आरोपित गुरुङलाई पक्राउ गरेर मंसिर २१ गते नै ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी अनुसन्धान अगाडी बढाएको थियो ।

अनुसन्धानका क्रममा गुरुङले सुचिनालाई मैखर्क जंगलमा फेला पारी शारिरीक सम्बन्ध राख्न प्रस्ताव गरेको र नमाने पछि जबरजस्ती गर्ने क्रममा धारिलो हतियार हसियाँले टाउको लगायतको शरीरको विभिन्न भागमा प्रहार गरी गरी मुखमा गोबर मिसीएको माटो र झाँर कोची हत्या गरेको अनुसन्धान क्रममा खुल्न आएको सूचना अधिकारी शर्माले बताए ।

पक्राउ परेका मन शम्जेर गुरुङलाई प्रहरी हिरासतमा राखी अनुन्धान सकेर सरकारी वकिल कार्यालय मार्फत पौष २१ गते आइतबार गोरखा जिल्ला अदालतमा पेश भएकोमा अदालतको आदेशले गुरुङलाई मुद्दा पुर्पक्षको लागि गोरखा कारागार चलान गरेको पनि सूचना अधिकारी शर्माले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार