काठमाण्डौको होटलमा सुस्मिता खड्काको हत्या गरेर भागेको ठानिएका युवा ओखलढुंगामा मृत भेटिए

काठमाण्डौको होटलमा सुस्मिता खड्काको हत्या गरेर भागेको ठानिएका युवा ओखलढुंगामा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ पुष २०८१
  • 9.5K
    Shares

पोखरा,२१ पुष मंसीर २०८१।

संगै जापान जाने तयारी गरिरहेकी काठमाण्डौकी सुस्मिता खड्काको हत्या गरेर भागेको ठानिएका युवा ओखलढुंगामा मृत भेटिएका छन्।

ओखलढुंगा पूरानो घर भएका २३ वर्षीय देवबहादुर थापा शनिबार दिउँसो ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए । थापासंगे काठमाण्डौको गौशालास्थित बागमती होटलमा संगै बसेको र पुस १६ गते मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेको छैन ।

देवबहादुरसँगै पिंगलास्थानस्थित वाग्मती होटेलको ३०८ नम्बर कोठामा बसेका थिए । करिब ३ घण्टापछि सुस्मिता सँगै गएका युवक ढोकामा ताला लगाएर फरार भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । एक जना अधिकृत भन्छन्, ‘बाहिरबाट ढोका लक्ड गरेर चाबी लिएर भागेको देखिन्छ ।’

लामो समयसम्म कोठा नखुलेपछि होटलमा रहेको मास्टर किबाट कोठा खोलियो । त्यसबेलासम्म युवतीको मृत्यु भइसकेको थियो । कोठाभित्र रेडबुलका केही बट्टामात्रै भेटिएको छ ।

होटलको कोठा देव बहादुरको नाममा बुक भएको भेटिएको छ । युवकका परिवार आलापोटमा बस्छन् । थापाले आफ्नो सवारी चालक अनुमति पत्रको फोटोकपी होटलमा बुझाएको बताइन्छ ।

बाहिरबाट ढोका लगाएर भागेको, युवतीको मोबाइल पनि साथमै लगेका कारण हत्या थापाबाटै भएको प्रहरीको दाबी छ ।

सुस्मिताको शरीरमा घाउचोट देखिएको छैन । जापान जाने तयारी स्वरूप उनले भाषाकक्षा पढिरहेकी थिइन् । युवक जापानबाट मंसिर ३० गते नेपालमा आएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । तीन वर्षदेखि जापानमा बसेका ती युवक छुट्टीमा काठमाडौँ आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार