पोखरा,२१ पुष मंसीर २०८१।
छ दिनदेखि बेपत्ता रहेका सर्लाहीका इँटा भट्टा सञ्चालन गरि बस्ने ब्यबसायी हरिप्रसाद प्रसाईंको शब उखुबारीमा गाडेको अवस्थामा भेटिएको छ।
पुस १५ गते बिहान ‘बरहथवा पैसा लिन जान्छु’ भनेर हिँडेका हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको शब स्थानीय एक उखुबारीमा गाडेको अवस्थामा भेटिएको हो।
शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
पुस १५ गते बिहान बरहथवा जान भनेर हिडेका प्रसाईं साँझ घर नफर्किए पछि भोलिपल्ट उनका परिवारले प्रसाईको खोजीका लागि इलाका प्रहरी कार्यालय हरिवनमा निबेदन दिएका थिए।
डीएसपी श्रेष्ठका अनुसार , ब्यबसायी प्रसाईं बेपत्ता भएको सुचना पाएपछि खोजतलास शुरु गरेको प्रहरीले प्रसाईले लगाएको जुत्ता फेला पारेपछि प्रदेश प्रहरी कार्यलयबाट कुकुर ल्याएर खोजी गरेको थियो। पुस १८ गते सोही वडाको नहर छेउमा मोटरसाइकल र च्यातिएको फोटोसमेत फेला पारेको प्रहरीले त्यसको भोलिपल्ट पर्स भेट्टाए पछि प्रसाईको खोजी गर्दै जाँदा प्रसाईंको शब उखुबारीमा शव गाडेको अवस्थामा फेला परेको बताइएको छ। त्यसपछि अस्पतालका चिकित्सक र जिल्लाका सुरक्षा अधिकारी, सरकारी वकिलसमेतको उपस्थितिमा खाल्डो खनेर शव निकालेको प्रहरीले जानकारी दिएको छ।
प्रारम्भिक मुचुल्कापछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको प्रहरीले जनाएको छ।