आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ पुष २०८१
  • 3.9K
    Shares

पोखरा,१८ पुष मंसीर २०८१।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।

आज दिउसो र राती बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्यत्र मौसम सामान्यतया सफा रहनेछ ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सुको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार