टुटे फुटेको अंग्रेजी बोलेर धेरै ठाउँमा चिप्लिएकी करिश्मा फेरि चिप्लिइन्

टुटे फुटेको अंग्रेजी बोलेर धेरै ठाउँमा चिप्लिएकी करिश्मा फेरि चिप्लिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ चैत्र २०७३
  • 27.6K
    Shares

कलाक्षेत्रमा रहँदा अभिनेत्री करिश्मा मानन्धर विवादरहित थिइन् । उनको सौदर्य र सबै पुस्तासँग मिल्दो अभिनयले उनलाई सदाबहार अभिनेत्रीको रुपमा हेरिन्थ्यो ।अभिनयको घट्दो क्रेजलाई उनले राजनीतिमा बिसाउने प्रयास गरिन् । जसको लागि उनले रोजिन् डा. बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ती नेपाल पार्टी । यो पार्टी समाएदेखि करिश्मा लगातार विवादमा मुछिदै आएकी छन् ।
नयाँ शक्ति नेपाल पार्टी घोषणा कार्यक्रममा टुटे फुटेको अंग्रेजी बोलेर धेरै ठाउँमा चिप्लिएकी करिश्मा फेरि अर्को पटक चिप्लिएकी छिन् ।
आइतबार बिहान निर्वाचन आयोगमा धर्ना दिने क्रममा नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले ‘यो देश खारेज गर’ भन्दै नारा लगाइन् । उनको नाराको सामाजिक सञ्जाल देखि चारैतिर चर्को आलोचना भयो ।
हिसिला यमी स्वयम्ले पनि आफ्नो अभिव्यक्तिलाई लिएर पत्रकार सम्मेलन गर्दै आफूले आवेग र अर्धबेहोसीमा ‘देश खारेज गर’को नारा लगाउन पुगेको भन्दै माफी मागिन् ।
यमीले माफी मागिसक्दा अभिनेत्री करिश्माले भने यमीको अभिव्यक्तिलाई डबिङ गरेर हालेर चरित्रहत्या गर्न खोजेको आरोप लगाएकी छन् । करिश्माले एउटा स्टाटस पोष्ट गर्दै यो आरोप लगाएकी हुन् ।
उनले स्टाटस लेखेकी छन् ‘म सिनेमाको कलाकार हुँ, प्रविधि बुझ्छु । हिसिला यमीको जसले डबिङ गरेर हालेर उहाँको चरित्र हत्या गर्न खोजेको हो । तिनलाई थाहा भएनछ, खुला ठाउँमा इको आउँदैन । फेरि डबिङ गरेर अझै झुटो थपेर हाल्नुहोस् ।’
यस्तो स्टाटस हालेपछि उनको फेसबुकमा नराम्रा कमेन्ट समेत आएका थिए । सो कमेन्ट पछि उनले स्टाटस हटाएकी छन् ।

प्रतिक्रिया